Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

दैलेखमा चट्याङ लागेर एक जना बालकको मृत्यु


दैलेख । दैलेखको आठबीस नगरपालिका वडा नम्बर ५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको मृत्यु भएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिए ।

हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि रातीनै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको र उपचार भइरहेको कमलाका श्रीमान नबिन बिष्टले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट