Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

बाँकेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौं । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली तथा घोराहीका विमल राई रहेका बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट