Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

मनाङ केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं । मनाङलाई केन्दबिन्दु बनाएर भूकम्प गएको छ । मनाङको थोचे आसपासमा भुकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट