Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

हवाई भाडा घट्यो, कहाँ जान कति तिर्नु पर्छ ?


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी हरी क्षेत्रका विमानस्थलको हवाई भाडादर घटाएको हो । नेपाल आयल निगमले गत भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएसँगै प्राधिकरणले पनि हवाई भाडादरमा हेरफेर गरेको हो ।

यससँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ । हवाई भाडादर न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटाइएको छ ।

भाडा घटाउन वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो । प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो ।

प्राधिकरणले सबैभन्दा बढी नेपालगन्जको भाडादर २६५ रुपैयाँले घटाएको छ । यस्तै सबैभन्दा कम सिमराको ४५ रुपैयाँले घटेको छ । सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा उड्ने वायुसेवाको इन्धन खर्च प्रति यात्रु प्रति मिनेट ७०.२१ रुपैयाँ खर्च हुने भएकाले सोही खर्चको अनुपातलाई हिसाब गरेर हवाई भाडा घटेको हो ।

काठमाण्डौबाट माउन्टेन फ्लाइटमा १७० रुपैयाँ, भद्रपुर १५० रुपैयाँ, विराटनगर १२० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १०५ रुपैयाँ, भोजपुर ४५ रुपैयाँ जुम्ला १६० रुपैयाँ, दाङ १३५ रुपैयाँ, रुकुम १४५ रुपैयाँ, रेसुङ्गा १०५ रुपैयाँ र काठमाडौं–जोमसोम १ सय रुपैयाँ भाडादर घटेको छ ।

नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट