Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

डेङ्गी सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु


चितवन । चितवनमा डेङ्गी सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि गएको शुक्रवार अस्पताल भर्ना भएका उनको आज ज्यान गएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो ।

यसअघि शनिवार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गी सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्लाबाहिरका रहेका छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट