Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

गुडिरहेको सेनाको ट्रकमा आगलागी


हेटौँडा । मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो ।

सिमभञ्याङ तर्फ आउने क्रममा बा।१ ग ३४३६ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

थाहा नगरपालिका– ६ मा रहेको श्रीयुद्ध भैरव गण तालिम शिविर चनवन ब्यारेक मकवानपुरका आर्मी सवार ट्रकमा आगलागी भएको उनले बताए । ट्रकमा सवार सेनाहरू तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ आउँदै गरेका थिए । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

ट्रकमा के कारणले आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट