Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले हरायो


काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले पराजित गरेको छ । पहिलो चरणमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बाग्मती युथ क्लबसँग पराजित भएको थियो ।

यस्तै ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आजै भएको पहिलो खेलमा सङ्कटा क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाले गोल रहित बराबरी खेलेका छन् । पहिलो चरणमा सङ्कटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो भने चन्द्रपुरले कर्णाली प्रदेशसँग १–१ गोलको बराबरी खेलेको थियो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट