पहिरोले कर्णाली राजमार्ग फेरि बन्द

कालीकोट । कर्णाली राजमार्ग फेरि बन्द भएको छ । पानी परेपछि हिजो बेलुका कर्णाली राजमार्गको शुभकालीका–१ एसमोडमा ढुङ्गासहितको माटोले राजमार्ग अवरुद्ध छ । त्यस्तै गगनेखोलामा सडक भत्केको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले जानकारी दिए ।
उहाँका अनुसार सडक पूर्णरूपमा अवरुद्ध छ । बन्द सडक खुलाउन प्रयास भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । यसअघि गएको भदौ १२ गते बाढीपहिरोले बन्द सडक पाँच दिनपछि खुलेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया