Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

एन्फा महिला लिग : एपीएफले चन्द्रपुरलाई ६–० ले हरायो


काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले हराएको छ । एपीएफका लागि रेनुका नगरकोटीले २ तथा सविता राना मगर, रश्मी घिसिङ, प्रीति राई र गीता रानाले समान १ गोल गरिन् ।

यो जीतसँगै एपीएफ ३ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चन्द्रपुर ३ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट