Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड खुल्यो


काठमाडौं । हिजो बेलुकादेखि अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा काठमाडौंबाट छुटेका तथा भित्रिदै गरेका साना ठूला सयौँ गाडी र यात्रु रोकिएका थिए । सडक खुलेपछि गाडी र यात्रु गन्तव्यतिर लागेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट