अवदेखि सरकारी कार्यालयमा ‘टीएमएस’ चलाउन नपाइने
काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा शेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टीएमएस’ चलाउन रोक लगाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाएर ‘टीएमएस’ नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । कार्यालयले सबै पालिकामा ‘टीएमएस’ नचल्ने व्यवस्था गर्न पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।
त्यस्तै पत्रमा कार्यालय समयमा ‘टीएमएस’ चलाएरनचलाएको प्राविधिक रूपमै जाँच गर्नसमेत आदेश दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार सरकारी तथा सार्वजनिक निकायमा ‘टीएमएस’ चलाउन रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया