कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की अनशनस्थलबाट पक्राउ
काठमाडौं । कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की अनशनस्थलबाट पक्राउ परेका छन् । उनी १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायतका माग राखेर अनशन बसेका थिए ।
प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनी निषेधित क्षेत्रमा अनसन बसेका कारण पक्राउ परेका हुन् ।
यसअघि पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको थियो ।
क्याटेगोरी : प्रदेश खबर, राजनीति, समाचार
प्रतिक्रिया