Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो


काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति नै तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन तोडिएको हो ।

अनशनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको बजेटमा उल्लेख गरी रकमसमेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको सहमतिपत्रमा उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ ।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा शुरू गरेका कार्यक्रम कटौती भएको भन्दै त्यसको बिरोधमा आमरण अनशन शुरू गरेका थिए ।

 


क्याटेगोरी : प्रदेश खबर, राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट