Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने मन्त्री पौडेलको घोषणा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन विरामीको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन् ।

सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

जलन उपचारका लागि सरकारी हस्पिटलमा उपचार सेवा संचालनमा आउनुका साथै उपचार सहायता उपलब्ध गराउने सरकारी घोषणाले निम्न वर्गका जनतालाई निकै राहत हुने ठानिएको छ । मन्त्री पौडेलले उपचारको अभावमा जलनका विरामीहरुको ज्यानै जाने गरेकोले सरकारले त्यस्ता विरामीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे ।

मन्त्री पौडेलले जलन रोगीको उपचारमा आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए । त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भएपनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताएका थिए । उनले विरामीहरुको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

यस्तै, मन्त्री पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताए । स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न आफूहरु लागि परेको मन्त्री पौडेलको भनाइ थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट