शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि न्यून
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ विन्दुमा झरेको छ ।
आज बैंकिङ र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन कालिका लघुवित्त र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज एक करोड ३९ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया