अमेरिकामा फेडले ब्याजदर घटाउँदा नेपालमा कस्तो असर पर्छ ?
काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । बुधबार सकिएको नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो ।
यो ब्याजदरमा गरिएको सन् २०२० को मार्चपछिको पहिलो कटौती थियो । योसँगै ब्याजदर ४ दशमलव ७५ प्रतिशत देखि ५ प्रतिशतका बीचमा रहेको छ ।
यस अघि फेडरले अमेरिकामा अनियन्त्रित बनेको महँगी दरमा नियन्त्रण गर्न सन् २०२२ को मार्च देखि सन् २०२३ को जुलाईबीच ११ पटक ब्याजदर बढाएको थियो । अघिल्लो बैठकमा फेडले ब्याजदर यथावत् राख्दै बाँकी अवधिमा ब्याजदर घटाउन सकिने सङ्केत गरेको थियो ।
फेडको ब्याजदर कटौतीसँगै विश्व शेयर बजार हरियालीमा आउने शेयर बजार विश्लेषकहरूको विश्वास छ । फेडको ब्याजदर कटौतीपछि अमेरिका सरकारले जारी गर्ने ऋणपत्रको ब्याजदर पनि घट्नेछ । यस्तोमा लगानीकर्ताहरूले आफ्नो पैसा ऋणपत्रमा लगाउनुको सट्टा शेयर बजारमा लगानी गर्नेछन् ।
शेयरबजार बढ्दा सुन भने सस्तिनेछ, सुनको मूल्इ अन्तराष्ट्रियस्तरमै उच्च रहँदा, डलर महंगो हुँदा र भन्सार बढेकाले सुनको मूल्य नेपालमा उच्च छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार
प्रतिक्रिया