Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन


काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौँ उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

बिहीबार काठमाडौँ उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वाेत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । सहुलियत पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका छन् ।

सरकारले दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्व भन्दा अगावै उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याएको हो ।

काठमाडौँ उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपियाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपियाँ छुट पाउनेछन् ।

त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपियाँ छुट दिइने कम्पनीले जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने कम्पनीले जनाएको छ ।

नेपालमा सुपथ पसलको महत्व

चाडपर्व लक्षित सुपथ मूल्य पसल नेपालको सन्दर्भमा महत्वपूर्ण छ । सरकारले उपभोक्ताहरूलाई महँगाइको मारबाट जोगाउने प्रयास स्वरुप यस्ता पसल संचालनमा ल्याउने गरेको छ । यस्ता पसल सँधै संचालन गर्नुपर्ने हो तर चाडपर्वको समयमा कालाबजारियाहरुको मनोमानी विशेष रूपमा बढ्ने गर्दछ । विशेषगरी ठूला चाडपर्वहरू जस्तै दशैं, तिहार, र छठजस्ता मौकामा उपभोक्ताहरु बढी मारमा पर्नेहुँदा सरकारले सुपथ मूल्य पसलहरू सञ्चालन गर्दै आएको छ ।

यस्ता पसलहरू देशका विभिन्न स्थानमा, विशेषगरी शहरी क्षेत्रहरू र मुख्य बजार केन्द्रहरूमा सञ्चालन हुन्छन् । काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा, र बाहिरी जिल्लाहरूमा मुख्य शहर र बजार नजिकका क्षेत्रहरूमा यस्ता पसलहरू खुल्छन् । पसलहरूको सञ्चालन समय सीमित हुन्छ ।

गरिब र निम्न आय भएका परिवारहरूका लागि यस्ता पसलहरू अत्यन्तै सहयोगी साबित भएको छ । जसले चाडपर्वको समयमा बढेको खर्चलाई केही हदसम्म कम गर्न मद्दत गर्छ । यसले बजारमा समग्र मूल्य स्थिरता कायम गर्न पनि भूमिका खेल्छ ।

यस्तो मूल्य व्यवस्थापनले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रणमा ल्याउँछ । बजारमा वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्न नदिनुका साथै, वस्तुको गुणस्तर पनि अनुगमन गरिन्छ, जसले उपभोक्ता हितको संरक्षण गर्छ ।

अन्तमा

सुपथ मूल्य पसलहरू प्रभावकारी भए पनि यस्ता पसलहरू संचालनमा प्रयाप्त नहुँदा सर्वसाधरण नागरिकलाई पसलसम्म पुग्न सास्ती हुने गरेको छ । सबैजसो क्षेत्रमा पसलहरू पुग्न नसक्दा ग्रामीण क्षेत्रका मानिसहरूलाई सुपथ मूल्यको सुविधा लिन कठिनाइ हुन्छ । लामो बाटो तय गरेर पसल पुग्दा सामग्रीको अभाव हुने गरेको देखिन्छ । त्यस्तै क्वालिटीका सम्बन्धमा पनि नागरिकमा असन्तोष देखिएको छ । यस्ता अर्काे समस्या भनेको पसलहरूमा प्रायः लामो लाइन लाग्ने समस्या हुन्छ, जसले गर्दा उपभोक्ताहरूलाई असुविधा हुने गरेको छ । पसल सञ्चालनको अवधी पनि सीमित हुने भएकाले सबैले समयमै सामग्री खरिद गर्न पाउँदैनन् । यी समग्र पक्षमा ध्यान पु¥याउँदै चाढपर्वलाई मात्र लक्षित गरेर होइन सँधै यस्ता पसल सञ्चालनमा ल्याउन सक्ने हो भने निम्न आय भएका नागरिकलाई ठूलो राहत हुने देखिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट