Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन शुरू


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरेको मेयर भीमलाल अधिकारीले जानकारी दिए।

नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने छुटाछुटै सङ्कलन गरी कुहिने फोहोरबाट मल उत्पादन शुरू गरेको हो ।

मेयर अधिकारीका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्रीसमेत गर्न थालिएको छ । दिगो रूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे ।

पाँच वटा वडाबाट शुरू भएको कार्यक्रम सबै वडामा पुगेको छ । अब छाडा रहेका चौपायाको व्यवस्थापन गरेर गोबर सङ्कलनसमेत गरी कम्पोस्ट मल बनाउने योजना बनाएको नगरपालिकाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट