यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय गरेको छ ।
यसकासाथै, सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिताकुमारी महर्जन र महेशप्रसाद काफ्लेलाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी, प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने पनि निर्णय गरेको छ ।
त्यस्तै, पूर्वसचिव शारदाप्रसाद तित्रालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजकमा सदस्य महेन्द्रकुमार थापा रहने गरी तोक्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदका निर्णयहरू यस्ता छन् ः
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया