Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

प्रहरीको हिरासत तोडेर १० जना थुनुवा फरार !


काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट १० जना थुनुवा भागेका छन् । हिरासत कक्षको भेन्टिलेसन तोडेर थुनुवा भागेका हुन् ।

हिरासत तोडेर भाग्नेहरुमा अमित कुमार झा, रञ्जित मण्डल, रोशन कुमार मण्डल, अभाष्कर कुमार यादव, विशाश मुखिया, सुमित मेस्तर, मनिस मण्डल र बिकि कार्की लगायत छन् ।

भागेका मध्ये १ जना थुनुवालाई भने पक्राउ गरिएको छ । धनुषा प्रहरी प्रमुखमा अहिले एसपी भुवनेश्वर तिवारी रहेका छन् । कमजोर सुरक्षा व्यवस्थापन र प्रहरी कर्मचारीहरूको बिचमा समन्वयको कमी हुँदा थुनुवाहरू भाग्न सफल भएका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट