स्वास्थ्यमा समस्या देखाउँदै हस्पिटल भर्ना भए प्रसाई
काठमाडौँः प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।
उनलाई वीर अस्पताल भर्ना गरिएको छ । उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको वीर अस्पताल स्रोतले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतले साइबर क्राइमसम्बन्धी उजुरीमा साइबर ब्युरोले पक्राउ गरेपछि प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले हिजो अनुमति दिएको थियो ।
प्रसाईं पक्राउ परेलगत्तै प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
हिजो आइतबार भक्तपुरको आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्दै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रसाईंका समर्थकहरूले झापाका पनि विभिन्न स्थानहरूमा प्रर्दशन गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया