श्रीलंकाको जेभीपीः इतिहास र विकास
श्रीलंकामा वाम आन्दोलनको शुरुवात सन् १९३५ भएयता नब्बे वर्षको राजनीतिक इतिहासमा पहिलो पटक वामपन्थी राष्ट्रपतिको रूपमा जेभीपीका अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् ।
संयोग नै मान्नुपर्छ श्रीलंकामा शपथ लिएर पदभार सम्हालिरहेका बेला श्रीलंकाको आर्थिक दुरावस्थाका कारण उत्पन्न जनआन्दोलनबाट पलायन भई सत्ताच्युत भएका गोटाबाया राजापक्षे नेपालको भ्रमणमा आएका छन् ।
श्रीलंकामा पहिलो वामपन्थी राजनीतिक पार्टी, लंका सामा समाज पार्टी (लंका इक्वल सोसल पार्टी एलएसएसपी) सन् १९३५मा बनेको थियो । सन् १९४३ मा यो विभाजित बनेर कम्युनिष्ट पार्टी अफ श्रीलंका (सीपीएसएल) बन्यो ।
सोभियत र जनवादी गणतन्त्र चीन
अन्तर्राष्ट्रियरूपमा दुई खेमामा विभाजित भइरहँदा सीपीएसएल मस्को र सीपीएसएल पेकिङ भनेर विभाजित हुन पुग्यो । सन् १९६४ सम्म आइपुग्दा यी तीनवटै वामपन्थी दलले आफ्नो राजनीतिक समर्थनको आधार गुमाइसकेका थिए ।
पुराना वामपन्थीहरूले जनसमर्थन गुमाइरहेका बेला जनथा विमुक्ति पेरामुना जसको अर्थ जनता मुक्ति मोर्चा हुन्छ, त्यो जीभीपीको रूपमा श्रीलंकामा उदाउन सुरु ग¥यो ।
त्यतिखेरको सत्तामा आएको पुँजीवादी सरकार गहिरो आर्थिक–राजनीतिक–सामाजिक संकटमा फसेको थियो । जसको समाधानको कुनै उपाय देखिएको थिएन । श्रीलंकाका जनता, वामपन्थी दलका ट्रेड युनियनद्वारा सङ्गठित कार्यकर्ताहरूको नेतृत्वमा सरकार ढाल्ने र संयुक्त वाम मोर्चालाई सत्तामा ल्याउने बाटोमा लागेका थिए ।
यो नाजुक घडीमा एलएसएसपी र सीपीएसएलले आफ्ना ट्रेड युनियन र उनीहरूलाई समर्थन गर्ने लाखौं जनताको इच्छाविपरीत पूँजीवादी सरकारमा सामेल हुन पुगे । विशेषगरी मजदुर र आम जनताको चाहनालाई धोका दिँदा नयाँ वाम आन्दोलन सुरु गर्न निकै अनुकूल अवस्था सिर्जना भइरहेको बेला वामपन्थी विचारसँग निकट भएकाहरूमा नयाँ वामपन्थीको खोजी भइरहेको थियो ।
सीपीएसएलका एक सदस्यका छोरा रोहन विजेवीरा जेभीपीका संस्थापक हुन् । १६ वर्षको उमेरमा आफ्नो बुबाको राजनीतिको प्रभावबाट प्रभावित बिजेवीरा फ्रेन्डसिप युनिभर्सिटीमा मेडिसिन पढ्नको लागि छात्रवृत्ति पाए । जुन युनिभर्सिटीको नामपछि प्याट्रिस लुमुम्बा फ्रेन्डशिप युनिभर्सिटी राखिएको थियो । विजेवीराले सोभियत संघको कम्युनिष्ट पार्टीको पार्टी स्कूलमा माक्र्सवाद–लेनिनवाद अध्ययन गरेपछि खु्रश्चेभको नेतृत्वमा कम्युनिष्ट पार्टी अफ सोभियत युनियनले संशोधनवादी लाइन लिएको आलोचना गर्न थालेपछि सन् १९६४ मा श्रीलंकाबाट फर्किदा सोभियत संघमा उनको पुनः प्रवेश गर्न भिसा अस्वीकार गरिएको थियो ।
त्यसपछि विजेवीराले सीपीएसएल (पेकिङ) मा सामेल भए । सीपीएसएल मस्कोलाई संशोधनवादी भएको भनी वैचारिक संघर्षको नेतृत्व उनले गरे ।
१४ मे १९६५मा गाले जिल्लाको अक्मीमानामा विजेवीराले सीपीएसएल (पेकिङ) का अन्य ६ जना सदस्यहरूसँग पार्टीलाई वैचारिक रूपमा सुधार गर्ने अभियान सुरु गर्न छलफल गरेकाले छ जनासहित उनलाई पार्टीबाट निस्काशित गरियो ।
छलफलको अन्तिम नतिजा श्रीलंकामा समाजवादी सरकार स्थापना गर्न जनतालाई अगुवाइ गर्न सक्ने नयाँ राजनीतिक पार्टी तुरुन्तै निर्माण गर्न विजेवीरासँग अन्यले सहमति जनाए ।
यो राजनीतिमा धनी परिवारबाट आउने विजेवीरा पहिलो श्रीलंकाली थिए । उनले अर्धगोप्यरूपले राजनीति सञ्चालन गरेका थिए ।
युनाइटेड नेशनल पार्टी (युएनपी) सन् १९६५मा निर्वाचनबाट सत्तामा आएको थियो । यसबाट बच्न उनले अर्धगोप्य रूपमा नवजात क्रान्तिकारी राजनीतिक पार्टीको काम बढाए । पार्टी चलाउन, पैसा खोज्न तीन वर्ष ठुलै संघर्ष गर्नुपरेको थियो । पार्टी संगठन विस्तार हुँदै जाँदा युएनपीको सरकारले गुप्तचर परिचालन गरेको थियो ।
राजनीतिक संकट देखेपछि १२ मे १९७० मा विजेवीरालाई कुनै आरोप बिना हिरासतमा लिइयो । विजेवीराको आन्दोलनलाई चे ग्वेभाराको आन्दोलनको रूप भनियो । श्रीलंकाली जनताले पहिलो पटक विजेवीरा नेतृत्वको पार्टीबारे थाहा पाएका थिए ।
श्रीलंका स्वतन्त्रता पार्टी (एसएलफपी) र पुरानो वामपन्थीको गठबन्धन मे १९७० मा सत्तामा आयो । सन् १९७० को जुलाई महिनामा अदालतले सरकारले लगाएका सबै आरोपमा विजेवरालाई दोष मुक्त ग¥यो । ९ जुलाई १९७०मा हिरासतबाट रिहा भएपछि नयाँ राजनीतिक आन्दोलनले नयाँ गति हासिल ग¥यो । पूँजीवादी एसएलएफपी र पुरानो वामपन्थीको गठबन्धन सरकार नयाँ वाम आन्दोलनको प्रगतिबाट विचलित भयो र यसको छवि धमिलो पार्ने अभियान थाल्यो ।
विजेवीराले पत्रकार सम्मेलन गरी जेभीपीको नयाँ राजनीतिक आन्दोलन र यसको अस्तित्वको घोषणा गर्न र जनतालाई आफ्ना नीति र भावी राजनीतिक गतिविधिबारे जनचेतना दिन पहिलो पटक सार्वजनिक ¥याली गर्ने घोषणा गरे । १० अगस्ट १९७०का दिन कोलम्बोमा जेभीपीको पहिलो ¥याली आयोजना गरिएको थियो । एसएफफपी, एसएसएसपी र सीपीएसएल जस्ता तीन राजनीतिक दलका तीन महासचिवले संयुक्त विज्ञप्ति जारी गरी जेभीपीलाई अमेरिकी गुप्तचरसंस्था सीआईएको जाल र विजेवीरालाई सीआईएको एजेन्ट बताए ।
जेभीपीको पहिलो ¥याली अत्यन्तै सफल भयो र विजेवीराको अनुरोधमा सहभागी व्यक्तिहरूले आफूले लगाएको पैसा र गहनाहरू दान गरे ।
जेभीपीले अन्य शहरहरूमा सार्वजनिक ¥यालीहरू ग¥यो र तीनवटा अखबारहरू खोल्यो ।
तर, गठबन्धन सरकारले दमनलाई तीव्र पार्दै पोस्टर अभियान, शैक्षिक छलफल र शिविर सञ्चालन गर्ने जस्ता राजनीतिक गतिविधि गर्ने जेभीपीका कार्यकर्तालाई पक्राउ गर्न थाल्यो ।
हिरासतमा लिएका जेभीपी कार्यकर्तालाई प्रहरी चौकीमा हिरासतमा राखेर यातना दिइएको थियो । जब यी कार्यकर्ताहरूलाई कानुनी अदालतमा ल्याइयो उनीहरूलाई श्रीलंकाको संविधान अनुसार दोषी पाइएन । त्यसपछि गठबन्धन सरकारले जेभीपीको गतिविधिहरूलाई विफल पार्न थप उत्तेजक र दमनकारी उपायहरू ल्यायो । सरकारले देशभर आपतकालीन कानून लागू गर्न अनुकूल परिस्थिति खोजिरहेको थियो ।
६ मार्च १९७२मा सरकार समर्थकहरूको समूह (गठबन्धन सरकारसँग सम्बन्धित केही सांसदहरूको नेतृत्वमा) ले भियतनाममा अमेरिकी युद्धको विरुद्ध मार्चको आयोजना ग¥यो । अमेरिकी दूतावास अगाडि ¥याली गर्दै गर्दा प्रदर्शनकारीमध्ये एकले अमेरिकी दूतावास परिसरमा पेट्रोल बम प्रहार गरेका थिए । त्यसपछि बम प्रहार गर्ने व्यक्ति घटनास्थलबाट मोटरसाइकलमा भाग्न खोज्दा पक्राउ परेका थिए । उनी जेभीपीका सदस्य नभई अमेरिका विरोधी प्रदर्शनमा भाग लिने एकजना संसद सदस्यको समर्थक भएको पाइएको थियो ।
यो घटना भएको केही घण्टामै यसको निहुँमा संकटकाल घोषणा ग¥यो । आपतकालीन नियमहरू अन्तर्गत विजेवीरा र जेभीपीका धेरै सदस्यहरू र सहानुभूति राख्नेहरूलाई हिरासतमा लिइयो ।
विजेवीरालाई १३ मार्च १९७१ मा हिरासतमा लिएको थियो र कोलम्बोबाट ३९५ किलोमिटर टाढा रहेको जाफना जेलमा राखिएको थियो । १ अप्रिलसम्म ५सय भन्दा बढी कार्यकर्तासँगै विजेवीरालाई जेलमा राखिएको थियो । शान्तिपूर्ण कार्यक्रममाथि सरकारी दमनबाट पीडित जेभीपी हतियार उठाउन निर्णय गरेको थियो ।
आत्मरक्षाको उद्देश्यले सन् १९७१ को सुरुमा आफूलाई सशस्त्र बनाउने निर्णय गरेको थियो ।
सरकारको गैरकानूनी, अन्यायपूर्ण दमनका विरुद्धमा जेभीपी ५ अप्रिल १९७१ मा हतियार उठाउन बाध्य भयो । झण्डै एक सय प्रहरी चौकीमा आक्रमण र प्रहरी अधिकारीहरूले छोडेपछि सरकारले केही क्षेत्रमा नियन्त्रण गुमायो । सरकारद्वारा एक क्रूर दमन सुरु गरियो । अप्रिल विद्रोह लगभग १० हजार सदस्य र सहानुभूति राख्नेहरू मारिएपछि जेभीपीमाथि कठोर दमन गरिएको थियो । यसका लागि जेभीपीका थप २० हजार सदस्य र सहानुभूतिलाई हिरासतमा लिनुपरेको थियो ।
जेभीपीमाथि दमन गर्न १४ देशले समर्थन गरिरहेका बेला भारतले हवाइ पाइलटसहितको सहयोग श्रीलंकाली सरकारलाई गरेको थियो । हिरासतमा रहेकाहरूको ब्रेन वास गरी पुनस्र्थापना गर्ने कार्य सरकारले सञ्चालन गरेको थियो ।
जेभीपीले सन् १९७१ अप्रिलअघि र सन् १९७१ देखि १९७४ सम्मको अवधिमा आफ्ना गतिविधि र अनुभवका बारेमा गम्भीर छलफल गरेको थियो ।
सन् १९७५मा विजेवीरालाई आजीवन कारावासको सजाय सुनाइयो, यसरी फौजदारी न्याय आयोग विधेयक पनि उल्लङ्घन भयो । फलस्वरूप, यसलाई २० वर्ष सश्रम कैदमा परिमार्जन गरियो ।
सन् १९७६ मा आपतकालीन कानूनहरू हटाइयो र जेभीपीमाथिको प्रतिबन्ध समाप्त भयो । यसले एक पटक फेरि कानुनी राजनीतिक दलको रूपमा काम गर्न सक्छ ।
सन् १९७७ को प्रारम्भमा आम चुनाव भयो । युएनपी एक रूढिवादी र दक्षिणपन्थी पार्टी सत्तामा आयो । सत्तामा आउनुअघि सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्ने वाचा गरेको थियो । तर, सत्ता कब्जा गरेपछि रिहा गर्न अव्यावहारिकरूपले ढिलाइ गरियो ।
राजनीतिक बन्दीहरूको रिहाइको लागि अभियानले अन्ततः युएनपी सरकारले विजेवीरालगायत सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपरेको थियो ।
विजेवीरा र अन्य राजनीतिक बन्दीहरूको रिहाईले जेभीपीलाई ठूलो गति दियो । पार्टीले कार्यकर्ता, विद्यार्थी र युवामाझ आफूलाई स्थापित गर्न सके र अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रभाव फैलाउनेतर्फ ध्यान दिन सक्थ्यो । जेभीपीले सन् १९७८ मा हवानामा आयोजित ११औँ युवा तथा विद्यार्थी महोत्सवमा ५ सदस्यीय प्रतिनिधिमण्डल पठाएको थियो । यो विश्वका समाजवादी पार्टीहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने सफल कदम थियो ।
जेभीपीले सन् १९७८ मा पहिलो राष्ट्रिय महाधिवेशन र सन् १९७९–१९८० को अवधिमा कनिष्ठ संगठनहरूको राष्ट्रिय महाधिवेशन गरेको थियो ।
यसले सन् १९७९ मा पहिलो पटक कोलम्बो (श्रीलंकाको राजधानी सहर) नगर परिषद्को चुनाव लडेको थियो ।
काउन्सिलमा सिट जित्न नसके पनि पुरानो वाम गठबन्धनलाई पराजित गर्दै पहिलो पटक कोलम्बोमा तेस्रो ठूलो राजनीतिक दलको रूपमा स्थापित भयो ।
सन् १९८१ म जेभीपीले जिल्ला विकास परिषद्को टापुव्यापी निर्वाचनमा लडे र १३ सिट जित्न सफल भयो ।
सन् १९८२ मा विजेवीराले राष्ट्रपतिको चुनाव लडे । चुनावको दिन भन्दा एक महिना अघि जेभीपीलाई श्रीलंकामा निर्वाचन आयुक्तद्वारा मान्यता प्राप्त राजनीतिक दलको रूपमा दर्ता गरिएको थियो ।
राष्ट्रपति निर्वाचनको नतिजा अनुसार जेभीपी देशको तेस्रो ठूलो राजनीतिक दलको रुपमा स्थापित भएको छ ।
यो विकास र जेभीपीको स्थिर प्रगतिबारे युएनपी धेरै चिन्तित थियो । युएनपीका नेताहरूले जेभीपीलाई वास्तविक र मुख्य शत्रुको रूपमा व्यवहार गरेको तहलगाउने सार्वजनिक अभिव्यक्ति दिए ।
जेभीपीलाई श्रीलंकाको संसदमा प्रवेश गर्नबाट रोक्नको लागि सन् १९८३ मा हुने संसदीय निर्वाचनलाई अर्को ६ वर्षका लागि स्थगित गर्न पहिलो पटक युएनपी सरकारले जनमत संग्रह गर्ने निर्णय ग¥यो । यसैबीच, युएनपी शासनले श्रीलंकाको उत्तरी प्रान्तमा तमिल पृथकतावादी संगठनहरूको ११ वर्ष पुरानो सशस्त्र सङ्घर्षलाई दबाउन खोज्ने क्रममा धेरै गल्तीहरू गर्न पुग्यो ।
सरकारको राजनीतिक इच्छाशक्ति र दूरदृष्टिको अभावले सशस्त्र गतिविधि बढायो र जुलाई १९८३ मा सेनाको ट्रकमा शक्तिशाली बारुदी सुरुंग विष्फोट हुँदा १३ सैनिकको मृत्यु भएपछि जातीय पृथकतावादी गृहयुद्ध सुरु भयो ।
राष्ट्रपति जेआर जयबर्धनेले जेभीपी लगायत वामपन्थी दलहरू विरुद्ध षड्यन्त्र रचे, उनीहरू र सोभियत संघलाई तमिल विरोधी दंगा भड्काएको आरोप लगाए । यसको प्रचार सरकारी मिडियाबाट गरियो । जेभीपी र दुई अन्य वाम दलहरू अलोकतान्त्रिक, अन्यायपूर्ण र गैरकानूनी रूपमा प्रतिबन्धित गरिए ।
भारत राष्ट्रपति जयबर्धनेको अमेरिका समर्थक विदेश नीतिबाट असन्तुष्ट थियो । भारतले आफ्नो दीर्घकालीन रणनीतिक स्वार्थलाई बेवास्ता गर्दै तमिल पृथकतावादी संगठनहरूलाई भौतिक र नैतिक समर्थन प्रदान ग¥यो । यसबाट अन्ततः श्रीलंकाको आन्तरिक मामिलामा भारतको प्रत्यक्ष हस्तक्षेपलाई निम्त्याउन पुग्यो । जेभीपीले शताब्दीयौंदेखि मित्रवत र निकटतम छिमेकी भारतलाई श्रीलंकाको राजनीतिक गडबडीमा नपर्नका लागि विश्वस्त गराउने हरसम्भव प्रयास ग¥यो ।
जेभीपीले भारतलाई मनाउन सफल भएन र परिणाम स्वरूप जेभीपी भारत, अमेरिका समर्थक श्रीलंका सरकार र श्रीलंकालाई टुक्र्याउन लड्ने पृथकतावादीहरूको विरोध ग¥यो ।
सन् १९८७ को जुलाईमा श्रीलंकाका तत्कालीन राष्ट्रपति युएनपीका जेआर जयबर्धनेलाई भारतले जयवर्धने–राजीव गान्धी सम्झौता वा भारत–लङ्का सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारेको थियो । जसले भारतीय सेनालाई श्रीलंकाको जल तथा भूमिमा प्रवेश गर्न दिएको थियो ।
त्यसपछि जेभीपीसँग सार्वभौमसत्ताको त्याग र श्रीलंकाको विभाजन रोक्न एउटै विकल्प थियो । जेभीपीले श्रीलंकाका सबै शत्रुहरूलाई परास्त गर्न सशस्त्र संघर्ष सुरु गर्ने सही निर्णय ग¥यो । युएनपी शासनले जेभीपीका सबै संरचनालाईलाई समाप्त पार्न सफल भयो ।
केन्द्रीय समितिका अधिकांश सदस्यहरू र जेभीपीको राजनीतिक ब्यूरोका एक सदस्य बाहेक सबैलाई हिरासतमा राखेर मारिएको थियो ।
जेभीपीको पोलिटिकल ब्यूरोका एकमात्र जीवित सदस्य कमरेड सोमवंश अमरसिघे देश छाडेर विदेशबाट पार्टीलाई पुनः संगठित गरे । जनताको बीचमा भूमिगत, जङ्गल, कारागार र विदेशमा बसेका जेभीपीका सदस्यहरूले आफ्नो राजनीतिक गतिविधि सञ्चालन गर्न मेहनत गरे ।
युएनपीको शासन सन् १९९३ पछि अलोकप्रिय र कमजोर भयो, जुन वर्ष श्रीलंकाको दक्षिणी प्रान्तमा वीर जनताले कुनै डर बिना, दक्षिणी प्रान्तको लागि प्रान्तीय परिषद्को चुनावमा पराजीत ग¥यो ।
जनताले आपतकालीन कानुनलाई कामविहीन बनाएका छन् र जेभीपीलाई फेरि कानुनी राजनीतिमा प्रवेश गर्ने अनुकूल अवस्था सिर्जना भयो । जेभीपीले सन् १९९४मा भएको आम चुनावमा श्रीलंका प्रोग्रेसिभ फ्रन्टसँग राष्ट्रिय मुक्ति मोर्चा, गठबन्धन बनाउन सफल भयो । श्रीलंकाको संसदमा राष्ट्रिय मुक्ति मोर्चाले २२५ मध्ये एउटा सिट जित्यो । श्रीलङ्काको दक्षिणी प्रान्तको हम्बनटोटा जिल्लाको संसद सदस्यमा निहाल गलप्तथीलाई नियुक्त गरिएको थियो ।
नोभेम्बर १९९४ को राष्ट्रपतिको निर्वाचनमा गलप्तथीले जेभीपीको उम्मेदवारको रूपमा उम्मेदवारी दिए । उनले जेभीपी र जनतालाई आश्वासन दिएकी श्रीमती चन्द्रिका बन्दरनायके कुमारनातुङ्गा (एसएलएफपीका राष्ट्रपति उम्मेदवार) को पक्षमा उम्मेदवारी फिर्ता लिए । श्रीलंकाको राष्ट्रपति बनेको एक वर्षभित्र जनताले तानाशाही पदका रूपमा घृणा गरेको कार्यकारी राष्ट्रपति पदलाई खारेज गर्ने बताएकी थिइन् । उनले आफ्नो वाचा पूरा गरेकी थिइनन् ।
मे १९९५ मा जेभीपीले दक्षिणको टङ्गल्ला सहरमा असाधारण महाधिवेशन ग¥यो । उक्त महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गरेको हो ।
पराजित युएनपीले सरकार ढाल्ने षड्यन्त्र रचेको बेला जेभीपीले जनताको गठबन्धन सरकारलाई सशर्त समर्थन प्रस्ताव ग¥यो र देशका आम जनतालाई फाइदाको आश्वासन दिने समझदारी (एमओयू) मा हस्ताक्षर गर्न सहमत भयो । तर, एमओयूमा हस्ताक्षर भएको एक महिनापछि केही मन्त्रीहरू पीए सरकारलाई धोका दिएर युएनपीमा प्रवेश गरे ।
फलस्वरूप सरकार विघटन भयो र ६ डिसेम्बर २००१मा आम निर्वाचन भयो । पीए चुनाव हारे । जेभीपी प्रतिनिधिहरूको चौथो महाधिवेशन २००२ मा कोलम्बोमा बोलाइएको थियो । सन् १९७७ देखि २००२सम्म जेभीपीले हजारौं मजदुर, किसान, युवा, विद्यार्थी र महिलाहरूलाई आफ्नो पङ्क्तिमा आकर्षित ग¥यो । सदस्य संख्या द्रुत गतिमा बढ्दै गएपछि प्रतिनिधिहरुको महाधिवेशन गर्नुप¥यो ।
सन् २००१मा सत्तामा आएको संयुक्त राष्ट्रिय मोर्चा(युएनएफ) ले जनविरोधी, साम्राज्यवाद समर्थक, पृथकतावाद समर्थक कार्यक्रम लागू ग¥यो । जेभीपीले यो सरकार हटाउन सरकारको विरोध प्रदर्शन गरे ।
यसैबीच जेभीपीले श्रीलंकाको पुनः उपनिवेश र विभाजन रोक्न जनतामैत्री नीतिमा आधारित कार्यक्रममा गठबन्धन गर्न एसएलएफपीसँग महत्वपूर्ण छलफल गरेको थियो। १० महिना भन्दा बढीको छलफल पछि एसएलएफपी र जेभीपीले जनवरी २००४मा संयुक्त जनता स्वतन्त्र गठबन्धन युपीएफए गठन ग¥यो ।
देशको सुरक्षामा बिग्रन नदिन राष्ट्रपतिले संसद विघटन गरे । आम चुनाव २ अप्रिल २००४ मा भएको थियो ।
नयाँ गठबन्धन सरकारको मन्त्रिपरिषदमा जेभीपीको राजनीतिक ब्यूरोबाट ४ जना सदस्य थिए ।
युपीएफएको चुनावी घोषणापत्र र कार्यक्रम जनताका मुख्य दुई मागमा आधारित थियो ।
१. श्रीलंकाको पुनः उपनिवेशीकरण रोक्नुहोस् ।
२. जातीय आधारमा श्रीलंकाको विभाजन रोक्नुहोस् ।
यो सत्तामा आएपछि युपीएफएको अर्को साझेदार, तिनीहरूले विगतमा गरे जस्तै २००४ को आम चुनावमा जनादेश नभएका नीतिहरू लागू गर्ने प्रयास गरे । जेभीपीले यी विरोधीहरूलाई रोक्न कडा मेहनत गर्नुपरेको थियो ।
सन् २००४ को अन्त्यसम्ममा एसएलएफपीले बोर्डको घाटा कम गर्ने बहानामा विद्युत् बोर्डलाई निजीकरण गर्ने प्रस्तावसहित मन्त्रिपरिषद्को पत्र बुझाए पनि जेभीपीले त्यसको विरोध गरेको थियो ।
पछि सन् २००५को सुरुमा राष्ट्रपति र उनको सरकारका केही उप मन्त्रीहरूले देशमा विशेष गरी उत्तरी र पूर्वी प्रान्तहरूमा सुनामी प्रभावित मानिसहरूको व्यवस्थापन गर्न संयुक्त संयन्त्र स्थापना गर्न एलटीटीईसँग अर्को एमओयू गर्न चाहेका थिए ।
जेभीपीले सरकार र राष्ट्रपतिलाई श्रीलंकाको संविधानको उल्लङ्घन गर्ने र श्रीलंकाको उत्तरी र पूर्वी प्रान्तहरूमा छुट्टै राज्य स्थापना गर्ने उद्देश्यमा पृथकतावादीहरूलाई प्रोत्साहित गर्ने सम्झौतामा हस्ताक्षर गर्न कदम नचाल्न चेतावनी दिएको थियो ।
सन् १९६५ मा उदाएको जेभीपीले पछिल्ला ४० वर्षको अवधिमा जेभीपीले पार्टीबाट तलब वा भत्ता नलिई जनताको सेवा गर्ने स्वयंसेवकहरू उत्पादन ग¥यो ।
जनताद्वारा निर्वाचित जेभीपीका सबै प्रतिनिधिहरूले आफ्नो तलब र अन्य भत्ताहरू साझा कोषमा हस्तान्तरण गर्छन् । यो कोषले जनताले आफैंले प्रस्ताव गरेका आयोजनाका लागि पैसा उपलब्ध गराउँछ । जेभीपी श्रीलंकाको पहिलो राजनीतिक पार्टी हो जसले करदाताको पैसा जनतालाई विभिन्न सेवाहरूको रूपमा फिर्ता गर्ने गरेको छ ।
जेभीपीले भ्रष्टाचारमा संलग्न नभएका मन्त्रीहरू उत्पादन ग¥यो ।
तिनीहरूले अपशिष्ट रोकेर र विलासिता अस्वीकार गरेर सार्वजनिक कोष बचत गरे । उनीहरूले आफ्ना लग्जरी गाडीहरू बेचेर पैसा सस्तोमा यातायात मन्त्रालयका अधिकारीहरूलाई खर्च गरे । पहिलो पटक श्रीलंकाका जनताले जेभीपीद्वारा संचालित चारै मन्त्रालयहरूमा राति अबेरसम्म बत्ती बालेको देखे । उनीहरूले कडा परिश्रम गरे र जनतालाई अझ राम्रो सेवा दिन सक्ने देखाउँछन् । जेभीपीले सम्हालेको कृषि मन्त्रालयले सन् १९४८ यताकै सबैभन्दा बढी उत्पादन गर्ने सफलता प्राप्त गरेको थियो ।
स्थापनाको ६ दशकपछि जेभीपीले राष्ट्रपतिको जिम्मेवारी पाउने अवसर त्यतिखेर पाएको हो जतिखेर श्रीलंका अत्यन्त चुनौतीको समयमा रहेको छ ।
क्याटेगोरी : बिचार, समाचार
प्रतिक्रिया