Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

ललितपुरमा नख्खु खोलाले ४ जना मान्छे बगायो


काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–१४ नखिपोटमा खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । उनीहरुलाई नख्खु खोलाले बगाएको हो ।

बेपत्ता हुनेमा एक महिला, एक बच्चा र दुई जना पुरुष रहेका सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द थापाले जानकारी दिए । खोला उर्लिदै गर्दा उनीहरु टिनको छाप्रो रहेको घरमाथी चढेर उद्धारको पर्खाइमा थिए । बेलैमा उद्धार हुन नसक्दा उनीहरुलाई खोलाले बगाएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट