Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

घाइतेको निशुल्क उपचार र सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा नियमित गर्नको लागि सम्बन्धित मन्त्रालयले समन्वय गरेर तत्कालै काम थाल्ने सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

यस्तै बैठकले अहिले चलिरहेका परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ । विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको र स्थगित भएका परीक्षाबारेमा शिक्षा मन्त्रालयले सूचना निकालेर जानकारी गराउने सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट