Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता


काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाको मृत्य भइसकेको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुईरदुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एकरएक जनाको मृत्यु भएको पछिल्लो विवरण छ ।

प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट