सडक अवरुद्ध भएकोबेला हवाई भाडा नियन्त्रण गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौं । हवाई सेवा कम्पनीहरूले बढाएको भाडा नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सडक अवरुद्ध भएको र अर्कोतिर चाडबाडको समयमा काठमाडौं लगायतका ठूला शहरबाट घर जानेहरूको चाप बढ्ने भएकाले हवाई भाडा बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
देश अप्ठ्यारोमा परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा उल्टै भाडा बढाउने र टिकटको सङ्कट देखाउने काम भएकोले सरकारलाई निर्देशन दिइएको उनले बताए ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया