Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

बाढीपहिरो अपडेट : अहिलेसम्म देशभर एक सय ७० जनाको मृत्यु


काठमाडौं । बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न ठाउँबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए । साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको र सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको उनको भनाइ छ ।

बेपत्ताको खोजी कार्य जारी नै छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट