पाकिस्तानले धेरै संस्थानको निजीकरण गर्ने
आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्था निजीकरण गर्न प्राथमिकता दिने भएको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएका छन् । निजीकरण गर्न नसकेको अवस्थामा ती संस्था बन्द गर्ने उनको भनाइ छ ।
मन्त्रालयले पाकिस्तान स्टोन डेभलपमेन्ट कम्पनी, पाकिस्तान अटोमोबाइल कर्पोरेशन र पाकिस्तान इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायतका धेरै संस्था निजीकरणका लागि पहल भइरहेको छ ।
यसैबीच ऋणमा डुबेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ९पिआइए० को निजीकरण प्रक्रिया केहीदिनमै पूरा हुने भएको खबरमा उल्लेख छ । निजीकरण प्रक्रियाअन्तर्गत पेट्रोलियम डिभिजनको विभाग इएनएआर पेट्रोटेक सर्भिसेज प्रा.लि. विघटन हुनेछ । यद्यपि सरकारले पेट्रोलियम डिभिजनअन्तर्गत पाकिस्तान स्टेट आयल (पिएसओ), पाक–अरब रिफाइनरी लिमिटेड र सुई ग्यास कम्पनी लगायत अन्य विभागको बारेमा निर्णय गर्न बाँकी छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया