नागढुङ्गा–नौबिसे सडक खुल्यो, नियमित रुपमा सञ्चालन हुन भने समय लाग्ने
काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ । पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासिन्दा, यात्रु लगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । अस्ति शनिवार त्यहाँ तीनवटा गाडी पहिरोमा पुरिएका थिए । ती गाडीबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया