बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २ सय जना पुग्यो, २६ जना अझै बेपत्ता
काठमाडौं । अविरल बर्षा सँगै आएको बाढी र पहिरोमा परेर गएको शुक्रवारयताका चार दिनमा दुई सय जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार गएको शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा परेर दुई सय जनाको मृत्यु भएको हो । अझै २६ जना हराइरहेका छन् । एक सय २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
यस्तै विभिन्न ठाउँमा जोखिममा परेका र अलपत्र परेका चार हजार दुई सय जना २२ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म १३ सय २७ वटा घर बगेका छन् ।
यस्तै पाँच वटा पक्की पुल र तीन वटा बेलिब्रिजसहित १९ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया