के पछिल्लो विध्वंशकारी वर्षा जलवायु परिवर्तनको परिणाम हो ?
हालैको भारी वर्षा र यसको कारण देखिएका बाढीपहिरोका घटनाले जलवायु परिवर्तनसँग सम्बन्धित गहिरो प्रश्नहरू उठाएका छन् । भारतको जल तथा मौसम विज्ञान विभागले आगामी साताको सुरुसम्म उत्तरपूर्वी क्षेत्रका विभिन्न स्थानहरूमा भारीदेखि अतिभारी वर्षाको सम्भावना औंल्याएको छb। विशेषगरी आसाम र मेघालयमा बुधवार र बिहीवार ठूलो वर्षा हुने अनुमान गरिएको छ । नेपालमा पनि यो प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
नेपालको जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम र केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ । विभागले बाढी, पहिरो र यातायात तथा स्वास्थ्य क्षेत्रका जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।
जलवायु परिवर्तनका कारण बढिरहेको अनियमित मौसम प्रणालीको प्रभावलाई बेवास्ता गर्न नसकिने विज्ञहरू बताउँछन् । पछिल्ला वर्षहरूमा अत्यधिक वर्षाका कारण हुने विनाशको स्तर बढ्दै गएको छ, जसले जलवायु परिवर्तनले हाम्रो मनसुन प्रणालीलाई कसरी प्रभाव पारेको छ भन्ने कुरा स्पष्ट पार्छ ।
विभागले सेप्टेम्बर ३० सम्म १,७०६.२ मिलिमिटर वर्षा भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया