विद्यार्थी सम्मेलन स्थगित हुनुमा प्रचण्ड सचिवालयभित्रै फरक मत : आम क्रान्तिकारी विद्यार्थी निराश
काठमाडौं । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ र सम्मेलन स्थगित हुनुले विभिन्न क्रिया, प्रतिक्रिया सिर्जना गरेको छ ।
२३ सय २३ जना प्रतिनिधि राखेर काठमाडौंमा सात दिनसम्म चलेको सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएपछि अखिल (क्रान्तिकारी) को मात्रै होइन, माउ पार्टी माओवादी केन्द्रकै संगठनात्मक परिचालनको हविगत उजागर भएको छ ।
अध्यक्ष पञ्चा सिंहले अध्यक्ष प्रचण्डकै सम्मेलन स्थगित भएको आसय व्यक्त गरेकी छन् । उनी भन्छिन्, ‘सम्मेलन अगाडि विधान अधिवेशन गर्नुपर्ने हाम्रो प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेकाले उमेर हदको बहसले समस्या सिर्जना गरेको हो ।’
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने अपूर्ण तयारी र प्रतिकूल मौसमका कारण सम्मेलन लम्बिएको बताएका छन् । उनका अनुसार, ‘बन्दसत्र स्थगन भनेको सम्मेलन भाडिएको वा असफल भएको होइन, बरु यसलाई व्यवस्थित रुपमा सम्पन्न गर्न समय लिइएको हो ।’ दशैं, तिहार र छठ जस्ता चाडपर्वपछि सम्मेलनलाई पूर्णता दिइने उनले बताएका छन् ।
प्रचण्ड सचिवालयमा मिडिया संयोजन गर्ने मनहरि तिमल्सिनाले चाहिँ विद्यार्थी नेताहरूको व्यक्तित्व र भूमिकाको गहिरो आलोचना गरेका छन् । तिमल्सिनाको भनाइमा, ‘विद्यार्थी नेताहरू उमेरको हिसाबले बूढो भए पनि आफूलाई अझै विद्यार्थी ठान्छन् । उनीहरू पार्टी नेताहरूलाई बूढो भन्छन् तर आफूमा बुढ्यौली आएको पत्तो नै हुँदैन ।’
सम्मेलन स्थगित हुनुको कारणबारे प्रचण्ड सचिवालयकै व्यक्तिबीच भिन्नभिन्न मत देखिएकोले आफ्नो संगठनलाई माया गर्ने आम क्रान्तिकारी विद्यार्थीहरू भने निरास बनेका छन् ।
यो पनि पढ्नुहोस,
अखिल क्रान्तिकारीको नेतृत्वमा नवमण्डले सोंच हावी भएको शक्ति बस्नेतको ठहर
प्रचण्डको प्रतिष्ठाको विषय बन्यो विद्यार्थी सम्मेलन : शक्ति र जुक्ति लगाउँदै
उमेर हदको विषयलाई लिएर अखिल क्रान्तिकारीको सम्मेलन तनावपूर्ण
क्याटेगोरी : समाचार
प्रतिक्रिया