Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

बुटवलकाे सबस्टेशन निर्माण कछुवा गतिमा : परियोजना क्षेत्रका स्थानीय बने बेखबर


अमेरिकी सहायता परियोजना (एमसिसी) को अनुदानमा बन्ने तीन सबस्टेसन नयाँ बुटवल (नवलपरासी–बर्दघाट सुस्ता–पश्चिम) को काम अन्य सवस्टेशनकै गतिबाट अगाडि बढेको पाइएको छ ।

नुवाकोट जिल्लाको रातमाटेमा निर्माणाधीन ४ सय केभी सबस्टेसनमा स्थानीय वासिन्दाको आक्रोस मत्थर नभएको अबस्थामा नयाँ बुटवल सबस्टेशन अन्तर्गत भूमहीमा निर्माण थालिएको भनिएको सबस्टेशन पनि कछुवा गतिमा अगाडि बढेपछि तोकिएकै समयसीमाभित्र लिंकसन इन्डिया प्रालिले सम्पन्न गर्छ भन्ने कुरामा स्थानीय वासिन्दा मात्रै होइन, नेपालका अधिकारीहरु नै विश्वस्त देखिएका छैनन् ।

सबै ठेक्का किन भारतीय कम्पनीलाई ?

नेपालको बिकास साझेदारका रुपमा एमसिसी परियोजना मार्फत प्रवेश पाएको अमेरिकाले अहिले भारतीय संस्थापक्षलाई खुशी बनाउनकै लागि विद्युत सब स्टेशन निर्माणको जिम्मा सबै भारतीय कम्पनीलाई दिएको छ । मिलिनेयम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले नवलपरासी–बर्दघाट सुस्ता–पश्चिममा बन्ने चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी लिंकसन इन्डिया प्रालिसँग ठेक्का सम्झौता गरेपछि अमेरिकी अधिकारीहरुको बद्नियत सार्वजनिक भएको हो ।

एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिंकसनका सेल्स डाइरेक्टर मयंक पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेको पनि झण्डै ५ महिना पूरा भएको छ तर काम भने केही पनि नभएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । तीन वर्ष तीन महिनाभित्र सम्पूर्ण काम गरिसक्नु पर्ने सहमति भए पनि नेपालको अन्य आयोजनामा भारतीय पक्षले ठेक्का लिएर काम नगरी छाडेका तथ्यहरुले एमसिसी परियोजनाको नयाँ बुटवल सवस्टेशन निर्माणकार्य समय सीमाभित्रै पूरा नहुनेमा स्थानीय वासिन्दा ढुक्क छन् ।

एमसिएले यस अन्तर्गत रातमाटे र दमौलीमा पनि चार सय केभी क्षमताका एक–एकवटा सबस्टेसन बनाउँदै छ । ती दुई सबस्टेसन निर्माणको जिम्मा पनि भारतीय कम्पनीले नै पाएको थियो ।

सडकको काममा उल्झन !

एमसिसी अन्र्तगतको एमसिए नेपालले विद्युत सब स्टेशनसँगै बढाएको नयाँ बुटवल–गोरखपुर विद्युत प्रसारण लाइन क्षेत्रमा पर्ने १८ किलोमिटर सडक निर्माण तत्कालै अगाडि बढाउने निर्णय गरेको थियो । एमसिएको प्रस्तावित लागत अनुमानभन्दा ६६ प्रतिशत बढी भएपछि २०८० असोज २६ असोजमा रद्ध गरेपछि सो प्रक्रिया पुनः अगाडि बढाइए पनि सो काम अझै नथालिएको थाहा लागेको छ । दोस्रो पटकको टेण्डर पनि नलागेपछि एमसिए नेपालले परिमार्जित डिजाइन अनुसार नयाँ टेन्डर आह्वान गरिने बताएको थियो तर सो काम पनि हुन नसकेको एमसिए नेपाल बुटवल फिल्ड कार्यालयका कर्मचारीले बताए ।

टेन्डर गर्दा उक्त सब स्टेशन बनाउने ठेक्काका लागि ६ वटा कम्पनीले बिड गरे । सबै भारतीय कम्पनी थिए । यसमा न टर्किस, कोरियन, जापानिज, अमेरिकन, चिनियाँ कसैले हालेका थिएनन् । हामी पनि आश्चर्य चिकत बन्यौं, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गवहादुर विष्टले भने । विष्टले निर्माणको ठेक्का भारतीय कम्पनीले पाएको बताइरहेका बेला सो कम्पनीवारे समयवद्ध साप्ताहिकले खोजी गरेको छ ।

होइन भारतीय कम्पनी !

नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का पाएको भनिएको लिंकसन इन्डिया प्रालि भन्ने कुनै पनि कागजात वा फर्म गुगल सर्च इन्जिनले फेला पारेन । बरु सोही नामको एउटा अमेरिकी कम्पनी र त्यसको वेभसाइट भने भेटिएको छ https://linxon.com । यो वेभसाइटमा एक जना पनि भारतीय नागरिक वोर्ड मेम्वर लगायत कुनै पनि तहमा देखिंदैनन् । विद्युत ट्रान्समिसन प्रसारण लाइनमा अमेरिका अष्ट्रेलिया, बहराइन, इराक, इरान, स्कटल्याण्ड र क्यानडा जस्ता देशहरुमा काम गरेको यो कम्पनीलेको वोर्ड मेम्बर पाँच जना रहेका छन् ।

लिंकसनको ग्लोवल म्यानेजमेण्ट टिममा भने १२ जना व्यक्तिहरु संलग्न रहेको वेभसाइटमा उल्लेख छ । १२ जनाध्ये बैग्लोर निवासी दिनेश चड्डा रहेका छन् । तर, एमसिए नेपालले नेपाल सरकार र राजनैतिक दलका नेताहरुलाई एमसिसी परियोजनाको ठेक्का भारतीय कम्पनीले पाएको झूट वोलीरहेको अनुमान गरिएको छ ।

स्थानीयलाई छैन प्याकेज !

नयाँ बुटवल सबस्टेशन निर्माणको क्षेत्र भूमहीमा रहेका स्थानीय वासिन्दालाई भने एमसिए नेपालका अधिकारीहरुले कुनै पनि सीपमूलक तालिम वा आय आर्जजनमा जोड्ने काम नगरेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

स्थानीय वासिन्दा कृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार एमसिसीका कोही पनि मानिसहरु गाउँमा आएका छैनन्, अन्यत्र जस्तो स्थानीयलाई आज आर्जनमा जोड्न व्यावसायिक तालिम दिएको सुने पनि यहाँका कोही कसैलाई पनि त्यस्तो तालिम दिएको छैन ।

नेपाल सरकार र एमसिसी नेपालबीच सहमति गर्दा प्रसारण लाइनबाट प्रभावित परिवारलाई सहयोग गर्ने भनिए पनि सो कार्यबाट नयाँ बुटवल प्रसारण लाइन क्षेत्रका वासिन्दा अलग्गिएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट