Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै


काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ। पूजा आजाका लागि यसअघि बिहानैदेखि शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेकोमा यसपटक कोरोना संक्रमणका कारण सबै शक्तिपीठ बन्द छन्।
हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र सुरु भएको हो। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट