अमेरिकामा अर्को महिना हुने चुनाव शान्तिपूर्ण हुनेमा शङ्का छ : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले चुनाव निष्पक्ष र स्वतन्त्र हुने कुरामा आफु विश्वस्त भए पनि शान्तिपूर्ण हुने कुरामा आफूलाई शङ्का रहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यस्तो टिप्पणी गरेका हुन् । ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा घोटाला भएको आरोप लगाएपछि उनका समर्थकहरूले राजधानीमा तोडफोड गरेका थिए ।
रिपब्लिकनको पराजयपछि उनका सयौं समर्थकले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाअभियोग लगाइएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया