मेची राजमार्गमा पुनः पहिरो, सडकभर धाँजा फाट्दा जोखिम बढ्यो
इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो ।
डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो । यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारणले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । यस सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया