Techie IT
Samayabaddha
आईतबार, १३ माघ, २०८१

मनसुन विस्तारै बाहिरिँदै, अब ठूलो र लगातार वर्षा नहुने


काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसपटक तीन दिनअघि अर्थात् जुन १० तारिखमा भित्रिएको मनसुन चार दिन ढिलो गरी बाहिरिन थालेको हो ।

मौसमविद् प्रतिभा मानन्धरले ८/१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वाभाविक रहेको बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट