निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने भएको छ ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।
फूलपातीका दिन काठमाडौंबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाडौं फर्किनेछ । काठमाडौंबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाडौंको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया