मौसममा बदलीसँगै प्रदुषण बढ्यो, तापक्रम घट्यो
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि बदली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बदली हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसम बदली भएसँगै काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा प्रदुषण बढेको छ भने देशभरको तापक्रम घटेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया