Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

कार्तिक १५ गतेबाट स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सुविधा


अबदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ ।

यो निशुल्क यातायात प्राप्त गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविकाले पोशाक वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यातायात व्यवसायी महासंघका अध्यक्ष स्वाँर र महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले हस्ताक्षर गरेका थिए ।
यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा.भीम सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट