स्याङ्जामा सकेट बम विस्फोट, भूपू सैनिक घाइते
काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ । विस्फोटमा परेर ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
शनिबार साँझ घर सफा गर्ने क्रममा सकेट बम विस्फोट भएको हो । उपचार पश्चात् पूर्वसैनिक पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय चापाकोटले अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया