Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

बङ्गलादेशमा सत्ता परिवर्तनपछिको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलर क्षति


बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड डलर गुमाएको उद्योग सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अहिले पनि बङ्गलादेशमा गार्मेन्ट उद्योगका मजदूरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन कहिलेकाहीँ हिंसात्मकसमेत हुने गरेको खबरमा उल्लेख छ ।

बङ्गलादेश चीनपछि कपडाको दोस्रो ठूलो निर्यातकर्ता हो । दक्षिण एशियाली देशका तीन हजार पाँच सय गार्मेन्ट उद्योगले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको झन्डै ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट