Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

सरकारले नेकपा एस फुटाउन दल विभाजनको अध्यादेश ल्याउने !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएका छन् । देउवाको सहमतिपछि सरकारले नेकपा एस पार्टी विभाजनमा सुविधा पुग्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । हिजोराति अबेरसम्म बसेको एमाले र कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति जुटेको बालुवाटार स्रोतले बतायो ।

एकीकृत समाजवादीमा केही असन्तुष्ट सांसदहरु एमालेमा जाने तयारीमा छन् । एकीकृत समाजवादीका सांसद प्रेम आले आफूहरू उक्त पार्टीमा नरहने निश्चित भइसकेको बताउँदै आएका छन् ।

अध्यादेश ल्याउने विषयमा ओली पहिलेदेखि नै सकरात्मक भए पनि नेपाली कांग्रेसले मानिरहेको थिएन । नेपाली कांग्रेसको दबाबमा रविलाई पक्राउ गरेलगत्तै कांग्रेसले त्यसको गुन तिर्न एमालेलाई सघाउने भएको हो ।

तीन वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाललाई सघाउँदै एमाले विभाजन गर्न दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका थिए । अहिले ओेलीले देउवाकै समर्थनमा नेकपा एस विभाजन गर्न त्यही अध्यादेशको प्रयोग गर्न खोज्दैछन् ।

आइतबार ओलीसँग भेट गर्न सभापति देउवाले महामन्त्री गगन थापालाई समेत लिएर गएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट