Techie IT
Samayabaddha
शुक्रबार, ११ माघ, २०८१

आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ


काठमाडौं । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन । तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको एसपी मिश्रको दाबी छ ।

बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ । उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट