सरकारविरूद्ध माओवादीको खबरदारी जुलुस
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको हो।
सरकारको गलत कदमको विरोध र गर्नुपर्ने कामको ध्यानाकर्षण गराउन माओवादी केन्द्रले खबरदारी जुलुस निकालेको हो। केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो ।
जुलुसमा माओवादीका शीर्ष नेताहरू सहभागी भएका छन्।
माओवादीका सबै पदाधिकारी सहभागी भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ हुनेछ।
सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया