इजरायली आक्रमणले १० प्रहरीको मृत्यु, इरानलाई थप चुनौती
काठमाडौं । इजरायले इरानमाथि गरेको शनिबारको अर्काे हवाई आक्रमणको कारण १० इरानी सुरक्षाकर्मीको मृत्युभएको छ ।
बीबीसीका अनुसार इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका हुन्। तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ ।
इजरायलले गत शनिवार राति इरानको राजधानी तेहरानको सैन्य स्थलहरूमा हवाई हमला गर्दा दुई इरानी सुरक्षाकर्मीको ज्यान गएको थियो । इरानी सरकारी सञ्चार माध्यमले तेहरान सहितका तीन स्थानमा इजरेली आक्रमण भएको जनाएका छन् ।
इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई आतंकवादी हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन् ।
सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि शनिबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ ।
उसले भनेको छ – तफ्तान सहरको गोहरकोह पुलिस स्टेसनका दुई गस्ती एकाइका १० जना प्रहरी मारिएका छन् ।
प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका बेला आक्रमण भएको बताइएको छ ।
इजरायलले राजधानी तेहरानमा गरेको हवाई हमलाबारे प्रतिक्रिया जनाउँदै इरानले आफूसँग “प्रतिरक्षाको अधिकार रहेको” बताएको छ ।
मध्यपूर्वका यूएई, साउदी अरब, कतार र इजिप्ट सहितका अरब राष्ट्रहरूले इरानमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
इरानलाई थप चुनौती
पछिल्लो आक्रमणले इरानमाथि थप चुनौती थपिएको हो । पाकिस्तानसँगको सीमानजिक १० इरानी सुरक्षाकर्मीको हत्याले इरानको आन्तरिक सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । यस घटनाले इरानको आन्तरिक सुरक्षा नीति र सैन्य क्षमतामा दबाब बढाउँदै उसको भूराजनीतिक स्थानलाई समेत कमजोर पारेको छ ।
इरान–पाकिस्तान सीमावर्ती क्षेत्रमा बढ्दो असुरक्षाका कारण दुबै देशबीचको कूटनीतिक सम्बन्ध र सहयोगमा पनि असर पर्ने सम्भावना बढेको छ । यस घटनाले दुबै देशबीचको सीमा सुरक्षा सहकार्यलाई पुनः समीक्षा गर्न प्रेरित गरेको छ । दुबै देशले सीमावर्ती सुरक्षा रणनीतिलाई थप मजबुत बनाउने तथा सीमा सुरक्षा समन्वयलाई सुधार गर्नुपर्ने आवश्यकता बढेको देखिन्छ ।
इरान र पाकिस्तानबीचको सीमा क्षेत्रमा विभिन्न विद्रोही समूह सक्रिय रहेको कारण यी क्षेत्रहरू सधैं संवेदनशील मानिन्छ ।
मध्यपूर्वमा युद्धको भय
इरानले इजरायली आक्रमणको जवाफमा आफ्नो सैन्य तयारीलाई बलियो बनाउँदै प्रतिरोध गर्ने योजनाको संकेत गरेको छ । यस आक्रमणपछि इरानको राजनीतिक नेतृत्व र जनताको भावना समेत उग्र भएको छ । सरकारी अधिकारीहरूले विदेशी हस्तक्षेपको कडा निन्दा गर्दै राष्ट्रियताको भावना बलियो बनाउने प्रयास गरेका छन् ।
इरानको नयाँ रणनीति र सुरक्षा योजना अबको भूराजनीतिक अवस्था अनुसार हुने सम्भावना रहेको छ । इजरायल र इरानबीचको यो स्थायी तनावले क्षेत्रीय शान्ति र स्थिरतामा नकारात्मक असर पार्न सक्छ । यस आक्रमणले अर्काे युद्धको सम्भावनालाई पनि बढाएको छ, जुन पूरै क्षेत्रलाई अस्थिर बनाउने जोखिमयुक्त छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया