ट्रम्पको न्यूयोर्कमा ठुलो र्याली, सम्बोधन गर्दै ट्रम्पले भने ‘अमेरिका फर्स्ट’
न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ । यसैबिच चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठुलो र्याली गरेका छन् ।
र्यालीमा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्याए । सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए ।
ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए । आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरेका थिए । उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए ।
अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन् । उनले र्यालीमा उपस्थित भीडलाई ‘के तपाईं विपक्षमा हुनुहुन्छ ?’ भनेर सोधेका थिए, जसमा भीडले ‘होइन’ भनेर नारा लगाएका थिए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया