Techie IT
Samayabaddha
बिहीबार, १० माघ, २०८१

त्रिभुवन विमानस्थलमा बम राखिएकाे सूचना पुनः झुटाे पुष्टि


काठमाडौं । त्रिभुवन विमानस्थलमा बम राखिएको सूचना पुनः झुटो पुष्टि भएको छ । सोमबार बेलुकी भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम नरहेको नेपाल प्रहरीले जनाएको छ ।

बमको सूचना पाएसँगै चेकजाँचमा जुटेको नेपाली सेना र नेपाल प्रहरीले एयर इण्डियाकोविमानमा बम नरहेको पुष्टि गरेको हो । उक्त विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको हो ।

एयर इन्डियाको विमानले सोमबार अपरान्ह पौने ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । १५९ जना यात्रु लिएर दिल्ली जान लागेको एयर इन्डियाको विमानको उडान तालिका पाने ४ बजे रहेको थियो । सूचना पाएपछि केही यात्रु चढेपछि पनि उडान रोकेर नै नेपाली सेनाले चेकजाँच गरेको थियो।

एयर इन्डियाका कर्मचारीले नै उक्त विमानमा बम रहेको सूचना पाएपछि हाल नेपाली सेना र नेपाल प्रहरीले संयुक्त विमानमा खोजी सुरू गरेका थिए । तर कुनै शंकास्पद वस्तु नभेटिएपछि अब उक्त भने विमानले नियमित उडान भर्न लागेको छ ।

यसअघि,कात्तिक ६ गते, मंगलबार भारतबाट आएको एक विमानमा बम राखिएको सूचना पाएपछि त्रास फैलिएको थियो । दिउँसो साढे ४ बजे भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको विमान काठमाडौंमा ल्यान्ड हुनासाथै बम रहेको जानकारी पाइएको थियो ।

दिल्लीबाट उडेको १ घण्टामै सो विमानमा बम रहेको सूचना पाएपछि नेपाली सेनाले त्यसको जाँच गरेको थियो । जाँचका क्रममा केही पनि नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरी फेरि उडान गराइएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट