शेयर बजामा १४ अङ्कको गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजारमा आज भने गिरावट आएको छ । तिहारको लामो बिदाअघि शेयर बजार परिसूचक नेप्से १४ दशमलव ४३ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ ।
आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया