Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

भाईटीका लगाएसँगै यसबर्षको तिहार सकियो


काठमाडौं । आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै यस बर्षको तिहार समाप्त भएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट